गोपनीयता सम्बन्धी नीति


गोपनीयता सम्बन्धी नीति

अन्तिम सम्पादन मिति: वैशाख १९, २०७८

परिचय

यो वेबसाइट सहित यहाँ समावेश सबै जानकारी र सामग्री, ह्युमन राईट्स एण्ड जस्टिस सेन्टर (एचआरजेसी), ट्रायल इन्टरनेसनल (स्विजरल्याण्ड), रिड्रेस (बेलायत), र एड्भोकेसी फोरम नेपाल (नेपाल) द्वारा संयुक्त रुपमा व्यवस्थापन गरिएको छ।

यस नीतिबारे कुनै प्रश्नहरू भएमा कृपया तलका विवरणहरू प्रयोग गरि हामीलाई सम्पर्क गर्नुहोस्।

सबै प्रयोगकर्ताहरूको गोपनीयता सुनिश्चित गर्न यी संस्थाहरू प्रतिबद्ध छन्। रियल राइट्स नाउ वेबसाईटमा रखिएको सबै जानकारीलाई गोपनीयता सम्बन्धि नीतिले सन्चालित गर्दछ। यो संस्थाको व्यक्तिगत वेबसाइटहरूमा अन्य संगठनहरू वा सम्बन्धित संस्थाहरू वा तेस्रो पक्ष साइटहरूद्वारा होस्ट गरिएका संस्थाहरूका वेबसाइटहरू लागू हुँदैन । रियल राइट्स नाउको वेबसाइट अन्य संस्थाहरूका वेबसाइटहरूसँग लिंक गरिएको हुन सक्छ, ती अन्य साइटहरूको आफ्नै गोपनीयता सम्बन्धि नीतिहरू भएमा उक्त नीतिहरू नै लागू हुनेछ।

सहमति

रियल राइट्स नाउको वेबसाइट प्रयोग गर्नाले स्वतः गोपनीयता सम्बन्धि नीतिका सर्तहरु मानिएको बुझिनेछ। समय समयमा संस्थाहरूले आफ्ना गोपनीयता नीतिका सर्तहरू परिवर्तन गर्न सक्दछन्। तपाईंको यस वेबसाईट प्रयोगको निरन्तरता, समय-समयमा संशोधन समेत हुनसक्ने यस गोपनीयता नीतिको शर्तहरू बमिजम हुनेछ ।

वेबसाइटले कस्ता प्रकारका जानकारीहरू संकलन गर्दछ ?

हामीले प्राप्त गर्ने जानकारीको प्रकार र मात्रा रियल राइट्स नाउको वेबसाइट कसरी प्रयोग हुन्छ भन्नेमा निर्भर गर्दछ। कुनै पनि व्यक्तिगत जानकारी  नखुलाई वेबसाईटमा उपलब्ध भएको प्रायः जानकारीहरू लिन सक्नुहुनेछ। प्रयोगकर्ताले वेबसाईट चलाउंदा वेब सर्वरले अज्ञात लगहरू संकलन गर्दछ जुन भविष्यमा वेबसाईट सुधारका लागि जानकारीको रूपमा  प्रयोग गरिनेछ।

हामी रियल राइट्स नाउको वेबसाइटमा कुनै अनुमतिबिना कसैको व्यत्तिगत जानकारीहरु (जस्तै नाम, ठेगाना, फोन नम्बर वा इ-मेल) संकलन गर्दैनौँ । जस्तै उदाहरण को लागी: ईमेल अपडेटको सदस्यता लिन वा हाम्रो सम्पर्क फारमको उपयोग गर्न चासो व्यक्त गर्नु भएको खण्डमा मात्र संकलन गर्दछौँ।

सम्पर्क फारम

यस वेबसाइटका आगन्तुकहरुले हामी सहमतीमा व्यत्तिगत विवरण पेश गर्न चाहेमा मात्र लिने गर्दछौँ र उक्त आगन्तुकहरुको अनुरोधमा डेटा राख्ने एंवम हटाउने गर्दछौँ साथै आगन्तुकहरुले बुभाउनु भएको सम्पर्क फारमलाई आगन्तुकले बुभाउनु भएका सम्पर्क सेवा दिन बाहेक अन्य व्यापरिक उद्देश्यले प्रयोग गर्दैनौँ।

युसेज डेटा

सेवाको पहुँच र प्रयोग कसरी गरेको छ भन्ने विषयमा वेबसाइटले जानकारी संकलन गर्दछ। यस युसेज  डेटाले कम्प्युटरको इन्टरनेट प्रोटोकल एड्रेस (आईपी एड्रेस), ब्राउजर टाइप, ब्राउजर भरजन, भिजिट गरेका पृष्ठहरू, भिजिट गरेको समय र मिति, ती पृष्ठहरूमा बिताएको समय, युनिक डिभाइस आइडेन्टिफायर र अन्य डाइग्नोस्टिक डाटा जानकारी स्वरुप राखदछ।

संकलन गरिएको जानकारी हामी कसरी उपयोग गर्छौं?

सकलन गरिएको व्यक्तिगत जानकारी आवद्ध संस्थाहरू र सेवा प्रदायकहरू द्वारा सुरक्षित वातावरणमा गोप्य ढ्ङ्गमा राखिनेछ र समवन्धित काम कारवाहीको लागि मात्र प्रयोग हुनेछ। । उदाहरणको लागी, थप जानकारी लिन सदस्यताको उद्देश्यले पेश गरीएको व्यक्तिगत जानकारी केवल वेबसाईटको अपडेट प्रदान गर्न मात्र प्रयोग गरिने छ साथै सम्पर्क फारम मार्फत पेश गरिएको व्यक्तिगत जानकारी प्रश्नको जवाफ दिन प्रयोग गरिने छ।

सुरक्षा

हामीले लिएको हरेक आवश्यक जानकारी सही र सुरक्षित राख्नको लागि उपयुक्त सुरक्षाका उपायहरू अपनाउदछौ। यद्पि इन्टरनेटमा सूचनाको प्रसारण पुर्ण रुपमा सुरक्षित नहुने हुँदा, व्यक्तिगत जानकारीको रक्षा गर्न सक्दो प्रयास गरेतापनि, वेबसाइटमा प्रसारित सूचनाको पुर्ण सुरक्षाको ग्यारेन्टी लिन नसक्ने अवस्था रहेको छ।

व्यक्तिगत जानकारीको सुचना

उपलब्ध गराइएको कसैको व्यक्तिगत जानकारी अन्यथा प्रयोग गरिने छैन्, (बेच्ने वा भाँडामा दिइने छैन) न त कुनै अनुमति बिना तेस्रो पक्षलाई उपलब्ध गराइने छ। तथापि त्यस्ता जानकारी कानुनी रूपमा खुलाउनु पर्ने भएमा वा तल उल्लेखित परिस्थितिहरुमा मात्र उपलब्ध गराइने छ:

होस्टिंग र प्रोसेसिंगः रियल राइट्स नाउको वेबसाइट तेस्रो पक्ष सेवा प्रदायकद्वारा होस्ट गरिएको हुनाले वेबसाइट मार्फत बुझाएको कुनै पनि व्यक्तिगत विवरणहरू तेस्रो पक्ष सेवा प्रदायकद्वारा प्रशोधन हुन सक्ने हुन्छ । साथै व्यक्तिगत विवरणहरू प्रोसेसिंग गर्ने क्रममा अन्य तेस्रो पक्ष सेवा प्रदायकहरूको समेत प्रयोग गर्न सकिने छ । उदाहरणका लागि: इमेल मार्फत सूचना लिन सदस्यता लिएको प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी तेस्रो पक्षले प्रशोधन गर्न तथा इमेल विवरण हामिलार्इ उपलब्ध गराउन प्रयोग  गर्न सक्नेछ।  सम्पूर्ण तेस्रो पक्ष सेवा प्रदायकहरुले संस्थाहरुको तर्फबाट व्यक्तिगत सूचनाहरू प्रशोधन गर्दछन र गोपनियताको शर्तहरुले पूर्ण रूपले बाँधिएका हुन्छन।

कुकीजहरूको प्रयोग

कुकीज एक मात्र यस्तो जानकारी हो जसबाट वेबसाईट मार्फत कम्पयुटरको हार्ड डिस्कमा गई बस्दछ, त्यस्तो जानकारीको कारण तपाईं को हो भनि वेबसाइटले सम्झना गर्न सक्षम हुने हुन्छ। कुकीजमा सामान्यतया इन्टरनेट डोमेनको नाम जहाँबाट कुकी आएको हुन्छ, कुकीको “जीवनकाल”, र त्यसको मान, सामान्यतया अनियमित रूपमा उत्पन्न गरिएको नम्बर, जस्ता जानकारीहरू समावेश भएको हुन्छ ।

यदि तपाइँ कुकीहरू प्रतिबन्ध वा ब्लक गर्न चाहानुहुन्छ भने, तपाइँ  इन्टर्नेट ब्राउजरमा सो अनुसार मिलाउन सक्नुहुन्छ – थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस्: www.aboutcookies.org

तपाईंको व्यक्तिगत जानकारीमा पहुँच

डाटा गोपनियता कानून अन्तर्गत हामीसँग रहेको तपाईको व्यत्तिगत जानकारीमा तपाईले पहुँच पाउन, (यँहा रहेका जानकारीलाई सच्याउन र कुनै परिस्थितीमा, हामीले राखेको जानकारीमा आपत्ती जनाउन) सक्नु हुनेछ। यदि माथि उल्लेखित कुनै पनि सुविधा प्रयोग गर्न चाहानुहुन्छ वा तपाईलाई यस नितिबारे कुनै प्रश्न छन भने, कृपया ट्रायल इन्टरनेसनल मार्फत संस्थालाई यँहा सम्पर्क गर्नुहोलाः

रु दे ल्योन ९५
१२०३ जेनेभा
स्विटजरल्याण्ड

सम्पर्कः +४१ २२ ३२१ ६१ १०

वा निम्न बमोजिम इमेलमा कृपया हामीलाई इमेल गर्नुहोलाः [email protected] / [email protected]