Pokhara, Nepal, © Laura Billing
वर्षौंको ढिलासुस्तीपछि नेपालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिका सातवटा निर्णयको नेपाली अनुवाद गरेर अनलाइनमा प्रकाशन गरेर निर्णय कार्यान्वयनतर्फको पहिलो कदम चालेको छ । (दृष्टिकोण भनिने) यी निर्णयले आफूहरूविरुद्ध गरिएको मानवअधिकारको उल्लंघनका लागि नेपाल सरकारविरुद्ध नेपाली नागरिकहरूले दायर गरेका मुद्दासँग सरोकार राख्छन् । नेपालसँग सम्बन्धित लगभग सबै मुद्दामा समितिले सरकारलाई दृष्टिकोणहरूको […]
सन् २०१६ को फेब्रुअरी २६ मा नेपालस्थित गम्भीर मानवअधिकार उल्लंघनका पीडितको एक समूहले आफ्नो कथा बताउने वेबसाइटप्रेस तथा नागरिक समाजसमक्ष सार्वजनिक गर्यो । www.realrightsnow.org नामक यो वेबसाइटको सार्वजनिकीकरणले गम्भीर मानवअधिकार उल्लंघनका मुद्दामा अब सार्थकअधिकार भन्ने आह्वानका साथ गैरसकारी संस्थाहरू एड्भोकेसी फोरम, जुरी नेपाल, रिड्रेस तथा ट्रायलको सहयोगमा सञ्चालित एकबृहत् अभियानको सुरुवात गरेको छ ।
सन् २०१५ को ३ नोभेम्बरमा ट्रायल, रिड्रेस तथा तराई मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधिले “मानवअधिकार समितिका दृष्टिकोणको कार्यान्वयनका चुनौतीहरू : नेपालको अवस्था” लाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिका सदस्यसँग जेनेभामा एक बैठक गरे ।
देव बहादुर महर्जन आफूमाथि गरिएको यातनाको अनुभव सुनाउँदै