गोपनीयता सम्बन्धी नीति


गोपनीयता सम्बन्धी भनाइ

परिचय

यो वेबसाइट तथा यसमा भएका सबै सूचना  र सामग्रीहरू एड्भोकसी फोरम (नेपाल), रिड्रेस (संयुक्त अधिराज्य) तथा ट्रायल (स्विट्जरल्यान्ड) (“संस्थाहरू”) बाट संयुक्त रूपमा व्यवस्थापन गरिएका हुन् ।

यस नीतिका सम्बन्धमा कुनै प्रश्न भएमा कृपया तल लेखिएका विवरण प्रयोग गरी हामीसँग सम्पर्क गर्नुहोस् ।

“संस्थाहरू” हाम्रा सबै प्रयोगकर्ताको गोपनीयताको सुनिश्चितताप्रति प्रतिबद्ध छन् । यो गोपनीयता नीति अब सार्थक अधिकारका सबै पृष्ठको हकमा लागू हुन्छ । यो “संस्थाहरू” का आआफ्ना वेबसाइट, अन्य संस्थाहरूले वा सम्बन्धित संस्थाहरूले वा तेस्रो पक्षले होस्ट गरेका वेबसाइटका हकमा लागू हुँदैनन् ।

सहमति

अब सार्थक अधिकार वेबसाइटको प्रयोग गरी तपाईं यो गोपनीयता नीतिका सर्तमा अनुमति जनाउनुहुन्छ । “संस्थाहरू” ले समयसमयमा यो गोपनीयता नीतिका सर्त परिवर्तन गर्न सक्नेछन् । अब सार्थक अधिकार वेबसाइटको तपाईंले गर्ने निरन्तर प्रयोग समयसमयमा संशोधन गरिने यही गोपनीयता नीतिका सर्तबमोजिम हुनेछ ।

हामी कस्ता किसिमका सूचना संकलन तथा संग्रह गर्छौं ?

हामीले प्राप्त तथा संग्रह गर्ने सूचनाको प्रकार र परिमाण तपाईंले अब सार्थक अधिकार वेबसाइटको प्रयोग कसरी गर्नुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ । आफू को हुँ भन्ने हामीलाई नबताइकनै तथा कुनै व्यक्तिगत सूचना उजागर नगरिकनै तपाईंले अब सार्थक अधिकार वेबसाइटमा रहेका अधिकांश पृष्ठहरूमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ । अब सार्थक अधिकार वेबसाइटमा सेवाग्राहीले भ्रमण गर्दा हाम्रा वेब सेवाप्रदायकहरूले अज्ञात लगहरू संकलन गर्दछन् जसले वेबसाइटलाई भविष्यमा थप सुधार गर्नका लागि महत्वपूर्ण सूचना प्रदान गर्दछन् ।

हामी अब सार्थक अधिकार वेबसाइटमा तपाईंले दिन नचाहेसम्म व्यक्तिगत सूचना संकलन गर्दैनौं (जस्तै तपाईंको नाम, ठेगाना, फोन नम्बर वा इमेल ठेगाना) । उदाहरणका लागि, तपाईंले हाम्रा अद्यावधिक इमेलहरूको सेवा लिने इच्छा देखाएमा वा हाम्रो सम्पर्क फारम प्रयोग गरेमा ।

हामी संकलन गरिएका सूचना कसरी प्रयोग गर्छौं ?

तपाईंको व्यक्तिगत सूचनालाई संस्थाहरू तथा तिनका सेवा प्रदायकले सुरक्षित स्थानमा आफूसँग कायम राख्नेछन्, ती सूचना गोप्य राखिनेछन् तथा ती जुन प्रयोजनका लागि पठाइएका हुन् त्यसैको सम्बद्धतामा मात्र प्रयोग गरिनेछन् वा हाम्रा कानुनी दायित्वको पालना हुनका लागि हामीलाई आवश्यक भएबमोजिम प्रयोग गरिनेछन् । उदाहरणका लागि, हाम्रा ताजा अपडेटको सेवा लिने उद्देश्यले तपाईंले दिनुभएको व्यक्तिगत सूचना तपाईंलाई वेबसाइटको अपडेट दिनका लागि प्रयोग गरिनेछ अनि सम्पर्क फारममार्फत दिइएको व्यक्तिगत सूचना तपाईंको प्रश्नको उत्तर दिनका लागि प्रयोग गरिनेछ ।

सुरक्षा

हामी तपाईंको सूचना सुरक्षित, तथ्यपरक तथा अद्यावधिक राख्छौं भन्ने सुनिश्चित गर्नका लागि उपयुक्त सुरक्षा उपायहरू अवलम्बन गर्नेछौं तथा हामी यस्ता सूचना जायज र आवश्यक रहुन्जेल मात्र आफूसँग राख्नेछौं । तर इन्टरनेटमार्फत प्रवाह गरिएको सूचना कहिलेपनि पूर्ण रूपमा सुरक्षित हुँदैन त्यसैले हामीले व्यक्तिगत सूचना सुरक्षित गर्नका लागि अधिकतम प्रयास गरेपनि हाम्रो वेबसाइटमा प्रवाह गरिएको सूचनाको सुरक्षाको प्रत्याभूति हामी गराउन सक्दैनौं ।

तपाईंको व्यक्तिगत सूचना बाँड्ने काम

तपाईंले दिनुभएको सूचना तपाईंको अनुमतिविना वा तपाईंलाई कानुनले सूचना उजागर गर्ने आवश्यकता देखाएमा वा देहायबमोजिमको परिस्थितिमा बाहेक बेचिनेछैन वा भाडामा दिइनेछैन अनि तेस्रो पक्षसँग पनि बाँडिनेछैन :

होस्टिंग तथा प्रोसेसिंग : अब सार्थक अधिकार वेबसाइट तेस्रो पक्ष सेवा प्रदायकद्वारा होस्ट गरिएको हो तथा त्यसैकारण तपाईंले अब सार्थक अधिकार वेबसाइटमार्फत दिनुभएको कुनै व्यक्तिगत विवरणलाई तेस्रो पक्ष सेवा प्रदायकले प्रोसेसिंग गर्न सक्छ । हामी तपाईंका व्यक्तिगत विवरण प्रोसेस गर्न अन्य तेस्रो पक्षको प्रयोग पनि गर्न सक्छौं । उदाहरणका लागि, यस्ता तेस्रो पक्षहरूले तपाईंको व्यक्तिगत सूचना प्रोसेस गरेर हाम्रो इमेल अपडेटहरूको सेवा लिन चाहने सेवाग्राहीका लागि इमेलसम्बन्धी सूचना फरवार्ड गर्न सक्छन् । यी सबै तेस्रो पक्ष सेवा प्रदायकहरूले तपाईंको व्यक्तिगत सूचनालाई “संस्थाहरू” का लागि मात्र प्रोसेस गर्नेछन् तथा यिनीहरू गोपनीयताको कडा सर्तमा बाँधिएका हुनेछन् ।

कुकीहरूको प्रयोग

कुकी भन्नाले त्यस्तो पाठ मात्र रहेको सूचनाको टुक्रो हो जुन कुनै पनि वेबसाइटले तपाईं को हो भन्ने सम्झनका लागि तपाईंको कम्प्युटरको हार्ड डिस्कमा पठाउँछ । कुकीमा सामान्यतया कुकी आएको इन्टरनेट डोमेनको नाम, कुकीको “जीवनअवधि” तथा एक मूल्य, जुन सामान्यतया एक अनियमित तवरले सिर्जना गरिएको अद्वितीय नम्बर हुन्छ, जस्ता कुराहरू समावेश भएको हुन्छ ।

तपाईंले कुकीहरू नियन्त्रित वा अवरुद्ध गर्न चाहेमा आफ्नो इन्टरनेट ब्राउजरलाई त्यसो गर्नका लागि सेट गर्न सक्नुहुन्छ – थप सूचनाका लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् : www.aboutcookies.org

तपाईंको व्यक्तिगत सूचनामा पहुँच

तथ्यांक गोपनीयता कानुन अन्तर्गत तपाईंसँग हामीले राखेका तपाईंका व्यक्तिगत सूचनामा पहुँच पाउने, उक्त सूचनालाई सुधार गर्ने वा कुनै परिस्थितिमा तपाईंको सूचनालाई हामीले गरेको प्रोसेसिंगमा आपत्ति उठाउने अधिकार हुनसक्नेछ । तपाईंलाई यीमध्ये कुनै अधिकारको अभ्यास गर्नुपर्ने भएमा वा यस नीतिका सम्बन्धमा कुनै प्रश्न भएमा, कृपया रिड्रेसको तल दिइएको ठेगानामार्फत संस्थाहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ :

रिड्रेस
८७ भक्सहल वाक
लन्डन एसइ११ ५एचजे
संयुक्त अधिराज्य

वा कृपया हामीलाई इमेल पठाउनुहोस् : info@redress.org