२००३ मा बेपत्ता पारिएका व्यापारी
तथ्य

मुकुन्द सेढाईँ
डिसेम्बर २००३ मा काठमाडौंसम्मको यात्राका क्रममा चियापसलमा तास खेलिरहेको अवस्थामा मुकुन्द सेढाईँलाई सादा पोसाकमा रहेका प्रहरीले स्वेच्छाचारी ढङ्गले पक्राउ गरे । हाल आएर निजलाई छाउनी सैनिक शिबिरमा थुनामा राखिएको कुरा खुल्न आएको छ जहाँ निजले सँगै थुनामा रहेका थुनुवालाई थुनामा परेको पहिलो हप्ता आफू कुटिएको र नराम्ररी यातना पाएका कारण हिँड्न पनि नसकेका कारण आफूलाई अस्पतालमा लानुपरेको भनी बताएका थिए । निजलाई मध्य फेब्रुअरीदेखि कसैले नदेखेको र निजको अवस्था अज्ञात रहेको छ ।
थप पढ्नुहोस् : यहाँ
न्यायको खोजी
२००४ र फेरि २००५ मा मुकुन्द सेढाईँकी श्रीमती शान्ता सेढाईँ आफ्ना श्रीमान्को रिहाइको माग गर्दै अदालतहरूसम्म पुगिन् तर अधिकारीहरूले निरन्तर रूपमा निजलाई हिरासतमा राखेको कुरा इन्कार गरे । जुन २००७ मा सर्वोच्च अदालतले प्रहरीलाई उक्त मुद्दामा अनुसन्धानका लागि आदेश दियो । शान्ता सेढाईँ नेपालको राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी गर्न पुगिन् । आयोगले उक्त घटनाको अनुसन्धान ग¥यो र निजलाई सैनिक अधिकारीले पक्राउ गरेको निष्कर्ष निकाल्यो ।
२००८ सम्म मुद्दामा कुनै प्रगति नभएपछि शान्ता सेढाईँले एड्भोकेसी फोरमको प्रतिनिधित्व र रिड्रेसको सहयोगमा संयुक्त राष्ट्रसंघ मानवअधिकार समितिसमक्ष मुद्दा दायर गरिन् । मानवअधिकार समितिले उक्त मुद्दामा जुलाइ २०१३ मा निर्णय गर्यो ।
समितिले मुकुन्द सेढाईँलाई जबर्जस्ती बेपत्ता पार्ने कार्यमा, बाँच्न पाउने अधिकार र यातनाविरुद्धको अधिकार जस्ता धेरै मानवअधिकारको उल्लङ्घन गर्ने कार्यमा नेपाल सरकार जिम्मेवार रहेको ठहर गर्यो। यसका साथ समितिले निजकी श्रीमती तथा दुई सन्तानले भोगेको दुःख र कष्ट निषेधित दुव्र्यवहार भएको ठहर गर्यो ।
निर्णय पढ्नुस् : अंग्रेजी नेपाली
सिफारिसहरू
मानवअधिकार समितिले नेपालद्वारा तथ्यको विस्तृत र प्रभावकारी अनुसन्धान गरी परिवारलाई विस्तृत जानकारी दिनुपर्ने सिफारिस गर्यो । उनी जीवित भए उनलाई तत्कालै रिहा गर्नुपर्छ र मरिसकेको भए उनको भौतिक अवशेष परिवारलाई दिनुपर्छ । नेपालले दोषीलाई कारबाही गरी सजाय दिई निजको परिवारलाई र निज जीवित भए निजलाई पर्याप्त क्षतिपूर्ति दिनुपर्छ । यसका साथै नेपालले यस्ता घटनाहरू दोहोरिन नदिनका लागि उचित कदम चाल्नुपर्छ र मानवअधिकार समितिका निर्णयलाई नेपालीमा अनुवाद गर्नुपर्छ भनी समितिले सुझाव दियो ।
तथ्यको अनुसन्धान र परिवारलाई जानकारी | B2 | ||
प्रभावकारी अनुसन्धान अघि बढाइएको छैन ।
|
|||
पीडकमाथि कारबाही तथा सजाय | C1* | ||
यस अपराधसँग सम्बन्धित कुनै पनि व्यक्तिमाथि कारबाही अघि बढाइएको छैन । | |||
परिपुरण | B2 | ||
मुकुन्द सेढाईँको परिवारलाई सरकारले द्वन्द्वकालमा बेपत्ता पारिएका सबै पीडितलाई प्रदान गरिने सानो रकम मात्र “अन्तरिम राहत” का रूपमा दिएको छ । | |||
त्यस्ता प्रकृतिका उल्लङ्घनहरूको रोकथाम | B2 | ||
जबर्जस्ती बेपत्ता गर्ने कार्य र यातनालाई नेपाली कानुनमा अझै फौजदारी अपराध बनाइएको छैन । | |||
अनुवाद तथा वितरण | B2 | ||
सरकारले मानवअधिकार समितिका दृष्टिकोणलाई अनुवाद त गरेको छ तर प्रधानमन्त्रीको कार्यालयको वेबसाइटमा प्रकाशित गर्नेबाहेक यिनको वितरण गरिएको छैन । |
कार्यान्वयनका प्रयास
२. शान्ता सेढाईँका प्रतिनिधिहरू र सरकारबीच निजको मुद्दामा छलफलका लागि बैठक
३. मानवअधिकार समितिलाई मे २०१४ र जुलाइ २०१४ मा पत्राचार
५. मानवअधिकार समितिसँग नोभेम्बर २०१५ मा बैठक