१४ व्रषिय आदिवासी बालक माथि यातना।
तथ्यहरु
भोलीफर्क काठमाडौंमा घरेलु सहयोगीको रूपमा एउटा परिवारका लागि काम गर्थे। एकातिर उनलाई विद्यालय जानबाट बन्चित गरिएको थियो भने अर्कातिर उनलाई पारिश्रमिक नदीई दैनिक शारीरिक र मानसिक दुर्व्यवहारको सिकार बनाइएको थियो। वि.स. २०६९ मा भोली भोलीफर्क गाउँ फर्किएका समयमा घरधनीकी छोरीले उनीमाथि सुन र बहुमूल्य चीजहरू चोरी गरेको आरोप लगाईन।
श्रावण ३०, २०६९ मा भोली र उनका काका काठमाडौंको महानगरीय प्रहरी परिशरमा गए जहाँ भोलीलाई प्रहरीले पक्राउ पूर्जी विना गैरकानूनी थुनामा राखी, कुन अभियोग बमोजिम पक्राउमा परेको हो सो समेत नखुलाई, वयस्कहरूसहित खराब स्वास्थ्य सुविधा भएको कोठामा राखिएको थियो। उनलाई शारीरिक र मानसिक यातना दिँदै करकापमा पारेर अभियोग स्वीकार गराउन प्रहरीले अनेकौँ प्रयास गरे। अन्तमा, भाद्र २१, २०६९ मा उनलाई हस्ताक्षर गर्न बाध्य पारियो जसमा चोरीमा उनी संलग्न भएको कुराको कबुलियत थियो, तर उनलाई त्यो कबुलियतनामा पढने भने अनुमति दिएन ।
प्रक्रिया
भोलीफर्कको यातनालाई लिएर उनका परिवारले भाद्र र असोज २०६९ मा बारम्बार स्वास्थ्य परीक्षण तथा भोलीलाई यातना दिईएको बारे छानबिन गर्न काठमाडौं जिल्ला अदालत, राष्ट्रिय मानव अधिकार आयोग र प्रहरी प्रधान कार्यलय, नक्सालमा माग गरेतापनि त्यस सम्बन्धी कुनै प्रभावकारी अनुसन्धान अगाडी बढाइएन।
मंसिर १६, २०७० मा भोलीका पिताले यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३ का आधारमा काठ्माडौँ जिल्ला अदालतमा याचिका पेश गरे । यद्यपि उक्त ऐन अन्तर्गत मुद्दा दायर गर्ने हदम्याद ३५ दिन भएकोले मुद्दा दायर भएन । त्यसैगरी, भाद्र १०, २०७२ मा भोलीका कानूनी प्रतिनिधिले महानगरीय प्रहरी परिषर, काठ्माडौँ समक्ष जाहेरी दरखास्त दर्ता गर्ने प्रयास गरेतापनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका थिए ।
भाद्र २७, २०७२ मा भोलीका कानूनी प्रतिनिधिले श्रम अदालत, काठमाडौं समक्ष पनि उनलाई जबरजस्ती बाल श्रममा खटाई, त्यस्तो अवस्थामा पुर्याउने जिम्मेवारहरुमाथि अभियोजन अघि बढाउन र क्षति परेको क्षतिपूर्ति भराउनका निम्ती उजुरी हाल्ने प्रयास गरे तर पूनः ऐन अन्तर्गत मुद्दा दायर गर्ने हदम्याद गुज्रेको भन्दै दर्ता गर्न अस्वीकार गरिएको थियो । त्यसैगरी, चैत्र ११, २०७२ मा उनका प्रतिनिधिले क्रमशः भोलीफर्कलाई जबरजस्ती बाल श्रममा खटाई, यातनाको शिकार बनाएकोमा नेपालको सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन चढाए । यद्यपि सर्वोच्च अदालतका शाखा अधिकृतद्वारा हदम्याद गुज्रेको कारण देखाउँदै मुद्धाको कुनै अस्तित्व छैन भनी दर्ता खारेज गरिदिएका थिए ।
भोली फारकाको तर्फबाट ट्रायल इन्टरनेसनलले वैशाख २९, २०७३ मा मानव अधिकार समिति समक्ष मुद्दा दर्ता गरेको थियो । मानव अधिकार समितिले असार ३०, २०७६ मा मुद्दाको निर्णय जारी गरेको थियो।
मानव अधिकार समितिले भोली फारकाको यातना विरुद्धको हक उल्लङगन भए सँगसँगै उनलाई जबरजस्ती श्रम, उनको स्वतन्त्रता र सुरक्षा लगायत अन्य दुरुपयोग र उल्लङ्घन भएको कुरा खुलाए।
निर्णयको पूर्णपाठ यहाँ पढ्नुहोस्
मानवअधिकार उच्चायुक्तको कार्यालय (“ओएचसीएचआर”) ले नेपाल सरकारलाई मानव अधिकार समितिको निर्णयको कार्यान्वयन गर्न प्रेस विज्ञप्ति जारी गर्न आग्रह गर्यो ।
सिफारिसहरु
मानव अधिकार समितिले मुद्दाको तथ्यको गहन अनुसन्धान गरी दोषीलाई अपराधको गंभीरता अनुरूप सजाय दिलाउन, नि:शुल्क चिकित्सा, मनोवैज्ञानिक परामर्श, प्रभावकारी परीपुरण र पीडितलाई उल्लङ्घन भए अनुसारको उचित उपायहरु प्रदान गराउनुका साथसाथै आवश्यक शैक्षिक सहयोगको प्रावधान सहित तुरुन्त, उचित र पर्याप्त क्षतिपूर्ति दिलाउनु पर्नेमा ध्यान केन्द्रित गर्न, अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप कानून र हदम्यादको नियम संशोधन गर्न सिफारिश गरिएको थियो । साथसाथै, मुद्धाहरूका निर्णयलाई नेपालीमा अनुवाद गरेर व्यापक रूपमा प्रचार प्रसार गर्ने सिफारिश गर्यो ।
मुद्दाको तथ्यको गहन अनुसन्धान गरी दोषीलाई अपराधको गंभीरता अनुरूप सजाय दिलाउनु र आवश्यक भएमा अनुसन्धान भइरहेको बेला संदिग्ध प्रहरी अधिकारीहरुलाई निलम्बीत गर्न परेमा निलम्बन र हटाउन परेमा हटाउनु | |
जिम्मेवारहरुलाई अनुसन्धान, अभियोजन र सजाय सम्बन्धी उपयुक्त उपायहरु दिलाउने हकमा नेपाल असफल भएको छ । | |
मुद्दा दायर गर्ने व्यत्तिलाई मुद्दाको अनुसन्धानको बारेमा जानकारी दिइनुपर्ने | |
मुद्दाको दायर गर्ने व्यत्तिलाई अनुसन्धानको प्रगतिको बारेमा कुनै पनि जानकारी दिइएको छैन । | |
पर्याप्त मनोवैज्ञानिक परामर्श, पुनर्वास र चिकित्सा उपचार दिइनुपर्ने | |
समितिले पर्याप्त मनोवैज्ञानिक परामर्श, पुनर्वास र चिकित्सा उपचारको प्रावधानको सम्बन्धमा उल्लेख गरेका कुनै पनि उपायहरु अपनाइएका छैनन् । | |
पर्याप्त क्षतिपूर्तिको प्रावधान | |
श्री भोलीले क्षति भएबमोजिमको कुनै पनि क्षतिपूर्ति प्राप्त गरेका छैनन् । | |
मुद्दा दायर गर्ने व्यत्तिले शैक्षिक सहयोग सहित सन्तोषजनक उपचारको उचित उपायहरु | |
कुनै पनि किसिमको सन्तोषजनक उपचार प्राप्त गरेका छैनन् । | |
पिडीतलाई उपयुक्त परिपूरण दिलाउनका निमीत्त निकायहरू तोक्नुपर्ने | |
सम्बन्धित अधिकारप्राप्त निकायको पहिचान र उपायहरू अपनाएको छैन । त्यसको विपरित, सिफारिशहरू कार्यन्वयनको लागि पिडितहरूलाई विभिन्न निकायहरू इंगित गर्छन । | |
यातना र दासत्व सम्बन्धी कानूनमा संशोधन गरिनुपर्ने | |
मुलुकी अपराध संहिता, २०७४ ले यातनाको कसुरलाई स्वायत्त रुपमा परिभाषित गरी, सोको हदम्याद र क्षतिपूर्ति समावेश गरेकोमा सो अन्तर्राष्ट्रिय कानून संवत नभएको । यसबाहेक, दासत्वमा कानूनमा कुनै परिवर्तनहरू भएका छैनन् । | |
परिपूरणका उपायहरु कार्यान्वयन गर्न जिम्मेवार घरेलु निकायहरु तोकिनुपर्ने, | |
तोकिएको घरेलु निकायलाई पहिचान गर्ने कुनै पनि उपायहरु अवलम्बन गरिएका छैनन्, त्यसको सट्टामा सरकारले पिडीतहरूलाई दिएको सिफारिसहरू सोधपुछ गर्नका लागी विभिन्न सरकारी निकायहरुमा पठाउने गर्दछन् | |
गरिएका निर्णयको अनुवाद र वितरण | |
यस मुद्दामा मानव अधिकार समितिको धारणाहरु न त अनुवाद गरिएको छ न त व्यापक प्रचार प्रसार गरिएको छ। |
द्रस्टव्य मानव अधिकार समितिले कार्यान्वयनमा हालसम्म कुनै टिप्पणी नगरेका कारण, माथि उल्लेखित जानकारीहरु अनौपचारिक श्रेणीकरण मात्र हुन्।
कार्यान्वयनका लागि प्रयासहरु
१. मानव अधिकार समितिसमक्ष माघ २६, २०७७ मा सामूहिक अनुगमन प्रतिवेदन पेश गरियो ।